टिम नेपो चितवनद्वारा कार्यसमिति विस्तार

हिरालाल आचार्य ‘डायमण्ड’

शुक्रबार, ०९ असोज २०७७, १८ : ०७
टिम नेपो चितवनद्वारा कार्यसमिति विस्तार

चितवन । टिम नेपो चितवन कमिटीले कार्यसमिति विस्तार गरेको छ । आज बसेको भर्चुअल बैठकले १५ जना सदस्य थप गर्दै २२ सदस्यीय कार्यसमिति बनाएको हो । 

माधबि गैरेको नेतृत्वमा ७ सदस्यीय कार्यसमितिबाट सञ्चालन हुँदै आएको टिम नेपोमा पछिल्ला दिनहरुमा काम अनुसार चाप बढ्दै गएपछि सदस्य थप गरिएको हो ।

संयोजक माधवि गैरेका अनुसार नयाँ गठन गरिएको सदस्य समितिमा अम्सु पोखरेल, अनिता पौडेल, अस्मिता सापकोटा, अस्मिता चालिसे, अस्मिता पौडेल, विद्या ओझा, बिनिता अधिकारी, मुना दुरा, प्रबिन पोखरेल, राज चौधरी, रिया श्रेष्ठ, सदिक्षा कार्कि, सलिना श्रोष्ठ, सरिना सुबेदी, सुदर्शन पोखरेल, सुजन ढकाल र सुरेश कंडेल रहेका छन् ।

७ सदस्य कार्यसमिति रहँदा टिम नेपोमा संयोजक माधबि गैरे, उपसंयोजकमा दिपेश ज्ञवाली, आरति जिसि, मेम्बरसिप कोर्डिनेटरमा दिब्या अधिकारी, पब्लिसिस्टमा हरि कृष्ण शर्मा, पाटर्नसिप कोर्डिनेटरमा यशोधा पौडेल र ईडिटरमा अभिषेक कर्ण रहेका थिए ।

नयाँ सदस्यका लागि ३५ जनाको आवेदन परेको र जसबाट १५ जना छनौट गरिएको संयोजक गैरेले बताइन् । टिम नेपो चितवन सामाजिक कार्यमा सक्रिय रहेको संस्था हो । 

प्रतिक्रिया दिनुहोस