प्रदेश नं १ मा १६६ सङ्क्रमित थप

रासस

मंगलबार, ०६ असोज २०७७, २० : २२
प्रदेश नं १ मा १६६ सङ्क्रमित थप

काठमाडौं । प्रदेश न १ मा गएको २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा ७३ महिला र ९३ पुरुष छन् । थपिएकामा सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा तीन, ते¥हथुममा एक र प्रदेश बाहिरका छ  जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १९ महिला र १५ पुरुष गरी ३४ जनामा सङ्क्रमण भएको छ । सुनसरीकै दुहवीमा आठ महिला र १२ पुरुष, इटहरीमा आठ महिला  र १२ पुरुष तथा रामधुनीमा दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । 

मोरङको बुढीगङगामा आठ महिला र १५ पुरुष, विराटनगरमा ११ महिला र १० पुरुष, बेलबारीमा पाँच महिला र तीन पुरुष, रंगेलीमा दुई ,जहदामा एक पुरुष, पथरीशनिश्चरेमा एक महिला, झापाको दमकमा सात महिला र नौ पुरुष, मेचीनगरमा दुई महिला र एक  पुरुष, भद्रपुरमा दुई पुरुष, अर्जुनधारामा एक पुरुष, कमलगाउँपालिका र स्थानीय तह नखुलेका एकएक महिलामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

यस्तै, संखुवासभाको खाँदबारीमा दुई र सभापोखरीमा एक पुरुष, ते¥हथुमको छथरमा एक पुरुष र प्रदेश  बाहिरका दुई महिला र चार पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ८५९ पुगेको छ भने  हालसम्ममा दुई हजार ५९१ जना कोरोनाबाट मुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ३३६ जना सहित हालसम्ममा एक लाख १७ हजार ८८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस