मुख्यमन्त्रीद्वारा सर्पदंश उपचार केन्द्रको उद्घाटन

रासस

आइतबार, ०४ असोज २०७७, २१ : ३२
मुख्यमन्त्रीद्वारा सर्पदंश उपचार केन्द्रको उद्घाटन

काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर  पोख्रेलले दाङको गढवामा सर्पदंश उपचार केन्द्रको आज उद्घाटन गर्नुभएको छ ।

त्यस अवसरमा मुख्यमन्त्री पोख्रेलले सर्पदंश उपचार केन्द्रलाई व्यवस्थित रुपले सञ्चालन गर्न प्रदेश सरकारको सहयोग हुने बताउनुभयो । सर्पदंश उपचार केन्द्रमा उपचार शुरु भएपछि उपचारको अभावमा हुने मृत्यु रोकिने विश्वास गरिएको छ । सर्पदंशको उपचार नपाएर गत वर्षमा मात्रै जिल्लामा १५ जना व्यक्तिले अकालमा ज्यान गुमाउनु परेको थियो ।

गढवा गाउँपालिकाको लगानीमा निर्माण भएको भवनमा नेपाली सेना रिपुमर्दन गण दाङको प्राविधिक सहयोगमा सर्पदंशको उपचार शुरु भएको हो । सो उपचार केन्द्रमा तत्कालको लागि नेपाली सेनाले तीनजना तालिम प्राप्त स्वास्थ्यकर्मी खटाएको छ भने गाउँपलिकाले दुई जना दक्ष स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

सात शैय्याको उपचार केन्द्रमा आकश्मिक सेवा, भर्ना वार्ड, डे«सीङ कक्ष बनाईएको छ । दाङमा पहिलो पटक सर्पदंशको उपचार शुरु भएको गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस