कोरोना सङ्क्रमण : प्रदेश नं १ मा १६६ , गण्डकीमा ३० थप, सुपमा पाँच हजार ७२४ निको

रासस

शुक्रबार, ०२ असोज २०७७, २१ : ३९
कोरोना सङ्क्रमण : प्रदेश नं १ मा १६६ , गण्डकीमा ३० थप, सुपमा पाँच हजार ७२४ निको

काठमाडौं । प्रदेश न १ मा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये ५७  महिला  र १०९ पुरुष  रहेका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १००, सुनसरीमा ५६, झापामा आठ र उदयपुरमा दुई जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा सो  अवधिमा ५८ जना सङ्क्रमित  थपिएका छन् । ती मध्ये २५ महिला र ३३ जना पुरुष रहेका छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३७ जना पुगेको छ । होमआईसोलेशन १२७, कोभिड– १९ आईसोलेशन अस्पताल, सुन्दरहरैचा ३३, धाइजन आईसोलेशन अस्पताल १३, जिल्ला अस्पताल संखुवासभा १०, मेची अस्पताल झापा चार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तीन , वि।जेनरल अस्पताल हरिनगर र मारवाडी सेवा सदन आईसोेलेशन विराटनगरबाट एकएक जना गरी १९२ जना आज डिस्चार्ज भएका छन् ।

हालसम्ममा यसप्रदेशमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या दुई हजार ४३२ पुगेको छ भने पछिल्लो २४ घण्टाको अवधिमा ६६९ जना सहित एक लाख १३ हजार ८८९ जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 

गण्डकी-गण्डकी प्रदेशमा ३० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३२१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

थपिएका मध्ये नवलपरासी ९बर्दाघाट सुस्ता पूर्व०का २६ , तनहुँ र कास्कीका दुई÷दुई जना रहेका निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८२७ जनाको पिसीआर परीक्षण गरिएकोमा १०२ जनामा कोरोना पुष्टि भएको छ । यस अवधिमा ४० जना कोरोना निको भएका छन् भने १४ जनामा पुनः पोजेटिभ देखिएको छ । 

सुदूरपश्चिम -प्रदेशमा आज कोभिड—१९का थप १५ जना  सक्रिय सङ्क्रमित थपिएपछि कूल सक्रिय सङ्क्रमित ८१७ जना पुगेका छन् । प्रदेशमा पछिल्लो चार दिन यता कोभिड—१९का सक्रिय सङ्क्रमित बढ्दै गएका छन् ।

प्रदेशको कैलालीमा सबै भन्दा बढी ४३० जना सक्रिय सङ्क्रमित पुगेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा पछिल्लो २४घण्टामा कैलाली,अछाम,डोटी,बैतडी र बझाङ जिल्लाका गरी थप २५जना सङ्क्रमित भएको पुष्टि भएको छ । यो सँगै कूल सङ्क्रमित भने छ हजार ५५३जना पुगेका छन् । पछिल्ला दिनमा रोगको रोकथाम उपचार व्यवस्थापन लगाएतका काममा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, कर्मचारी समेत सङ्क्रमित हुन थालेका छन् ।  

सेती प्रादेशिक अस्पताल धनगढी,डोटी र डडेलधुरा अस्पतालका प्रयोगशालामा कोभिड—१९का शङ्कास्पद नमूनाको परीक्षण भइरहेको छ । बैतडी जिल्ला अस्पतालमा समेत बिहीबारवाट प्रयोगशाला सञ्चालनमा आएको छ । हाल सम्म कोरोना सङ्क्रमणवाट कारण कैलालीका सात,बझाङ र बाजुराका दुई÷दुई र अछाममा एक जना समेत १२ जनाको मृत्यु भएको छ  । कोरोना पोजेटिभ निको भई आजसम्म पाँच हजार ७२४जना निको भएका छन् ।