कोरोना  सङ्क्रमण : प्रदेश १ मा १२१ थप , २ मा ६ हजार २६९ निको,गण्डकीमा हालसम्म २२ को मृत्यु, कर्णालीमा तीन हजार  सङ्क्रमित

रासस

शुक्रबार, २६ भदौ २०७७, २१ : २५

काठमाडौं । प्रदेश नं १ मा गत २४ घण्टाको अवधिमा १२१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  सो अवधिमा ९३० जनाको पिसिआर परीक्षण  गरिएका मध्ये  ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा एक र प्रदेश बाहिरका दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

विराटनगरमा ३२ जनामा नयाँ सङ्क्रमित देखिएका मध्ये १२ महिला र २० पुरुष रहेका छन् । मन्त्रालयका अनुसार मोरङको धनपालथानमा एक महिला र आठ पुरुष, रंगेलीमा दुई पुरुष, ग्रामथानमा एक महिला र १ पुरुष, सुनबर्षीमा एक पुरुष, बुढीगंगामा एक महिला, सुनसरीको धरानमा तीन महिला र २० पुरुष, दुहवीमा सात महिला र एक  पुरुष, इटहरीमा एक महिला र पाँच पुरुष, कोशी गाउँपालिकामा पाँच पुरुष, इनरुवामा दुई पुरुष र गढीमा एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । 

यस्तै झापाको दमकमा छ  महिला र तीन पुरुष, मेचीनगरमा एक महिला  र एक पुरुष, विर्तामोडमा एक महिला र एक पुरुष, कनकाईमा एक महिला, संखुवासभाको चैनपुरमा एक महिला र १० पुरुष, धर्मदेवीमा एक पुरुष, उदयपुरको चौदण्डीगढीमा एक महिला र प्रदेश बाहिरका दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । 

प्रदेशमा सङ््क्र्रमितको सङख्या चार हजार ६१९ पुगेको छ ।  प्रदेशमा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । विराटनगरकी एक महिलाको मृत्यु भएको हो । प्रदेशम हालसम्म  कोरोना सङक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । 

यस्तै प्रदेशमा आज ६६ जना  सङ्क्रमित निको भै घर फर्केका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, मेची अस्पताल झापाबाट १० र होम आइसोलेशनबाट एक जना निके भै घर फर्केका छन् । 
प्रदेशमा आजसम्म दुई हजार १९ जना सङक्रमित निको भै घर फर्केका छन् । प्रदेशमा १ लाख पाँच हजार ७७४ जनाको पिसिआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश २ मा थप एकको मृत्यु 
प्रदेश न २मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी मनरासिसबा नगरपालिका बथनाहाका  ६५ वर्षीय पुरुष रहेका छन् । उनीको प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार ती पुरुषमा मधुमेह तथा उच्च रक्तचाप सहित रुघा, खोकी र ज्वरोको समस्या रहेको थियो ।  योसगैँ प्रदेशमा मृतकको सङ्ख्या १०८ पुगेको छ । 

सोही अवधिमा सप्तरीमा १३, सिरहामा २२ , सर्लाहीमा पाँच, रौंतहटमा ६ , बारा र पर्सा  एक÷एक जना गरी ४८ जनामा नयाँ कोरोना सङ्क्रमित थपिएको  समाजिक विकास मन्त्रालयले  आज जनाएको छ ।

अब प्रदेशमा सङ्क्रमितको सङ्ख्या अव ११ हजार ७१३ जना पुगेको छ । ती मध्ये २२ जना उपचार गराइ आज निको भएर घर फर्केका छन् । अहिलेसम्म ६ हजार २६९ जना निको भएर घर फर्केका छन्  । अव, प्रदेशभरमा सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३६ रहेको छ ।

यस प्रदेशअन्तर्गत रहेका १७२ वटा क्वारेन्टिनमा आजसम्म ५६०जना रहेका छन् भने होम क्वारेन्टिनमा एक हजार ४८० , आइसोलेसनमा ८५९ र होम आइसोलेशनमा चार हजार ४७७ जना बसेका छन् । 

गण्डकीमा कोरोना सङ्क्रमित दुई हजार ८२० पुगे
गण्डकी प्रदेशमा कारोना सङक्रमितको सङ्ख्या दुई हजार ८२० पुगेको छ । पछिल्लो विवरण अनुसार प्रदेशमा १५ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

विवरण अनुसार थपिनेमा नवलपरासी(बर्दघाट सुस्ता पूर्व) आठ , गोरखामा पाँच ,  कास्की र तनहुँमा एक÷एक जना छन् । प्रदेशमा हालसम्म ५५ हजार ६५४ जनाको पिसिआर नमूना परीक्षण गरिएको थियो । तीमध्ये ५२ हजार ८३४ जनामा कोरोना सङ्क्रमण नदेखिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म २२ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको सङ्ख्या ९४९ जना र उपचारपछि एक हजार ८४९ जना निको भएका छन्

कर्णालीमा दुई हजार ७५५ सङ्क्रमित
कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ७५५ पुगेको छ । कर्णाली प्रदेश अस्पताल र पशुपंक्षी रोग तथा अन्वेषण प्रयोगशाला सुर्खेतले गरेको आरटी÷ पिसिआर परीक्षणमा २९ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा एकजना गरी ३० थपिएसँगै सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ७५५ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिनुभयो ।  

सङ्क्रमित देखिएका व्यक्तिमा सुर्खेतका नौ, बर्दियाका चार, दैलेख र जुम्लाका तीन÷तीन कालीकोट र सल्यानका दुई÷दुई जना सङक्रमित भएको महाशाखा प्रमुख उहाँ बताउनुभयो । उहाँका अनुसार जाजरकोट, रुकुमपश्चिम, हुम्ला, गुल्मी, काठमाडौं, ताप्लेजुङ र ललितपुरको एक÷एक जना सङ्क्रमति भएका छन् ।

त्यसैगरी, आज प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगर आईसोलेशनबाट १५ जना फर्केसँगै कर्णालीका कोरोना सङक्रमण जितेर घर फर्कनेको सङ्ख्या दुई हजार ३७९ पुगेको छ । स्वास्थ्य सेवा महाशाखाका अनुसार ३३८ जना भने प्रदेशका विभिन्न आइसोलेशनमा रहेको जनाएको छ ।