कोरोनाः प्रदेश नं १ मा एक लाखको परीक्षण, २ मा छ हजार निको, कर्णालीमा २८ सङ्क्रमित थप

रासस

बुधबार, २४ भदौ २०७७, २१ : ०७
कोरोनाः प्रदेश नं १ मा एक लाखको परीक्षण, २ मा छ हजार निको, कर्णालीमा २८ सङ्क्रमित थप

काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा १५५ जना कोरोना सङ्क्रमित थपिएका छन् । तिनमा महिला ६३ र पुरुष ९२ जना छन् ।  सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्ममा चार हजार ४१२ जना कोरोनाबाट सङ्क्रमित भएका छन् ।  

अहिलेसम्म प्रदेशबाट कोरोनाबाट मुक्त भएर घर फर्केनेको सङ्ख्या एक हजार ९४८ पुगेको छ ।  प्रदेशमा पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ३७० जनासहित अहिलेसम्ममा एक लाख तीन हजार ३३३ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

जनकपुर –प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १६९ नयाँ सङ्क्रमित थपिएका छन् । यससमेत गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ५३९  पुगेको छ । तीमध्ये ५८ जना उपचार गराई आज निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म पाँच हजार ९४१ जना निको भएर घर फर्केका छन् ।

प्रदेशअन्तर्गत १७३  क्वारेन्टिनमा आजसम्म ४९४ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७००,  आइसोलेशनमा ९१५ र होम आइसोलेशनमा चार हजार ५७७ जना बसेका छन् ।

केही दिनदेखि क्वारेन्टिन र आइसोलेशनमा बस्नेको सङ्ख्या क्रमिक रुपमा घट्दै गइरहेको छ  र होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

जनकपुर-प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १६९ नयाँ सङ्क्रमित थपिएका छन् । यससमेत गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ५३९  पुगेको छ । तीमध्ये ५८ जना उपचार गराई आज निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म पाँच हजार ९४१ जना निको भएर घर फर्केका छन् ।

 प्रदेशअन्तर्गत १७३  क्वारेन्टिनमा आजसम्म ४९४ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७००,  आइसोलेशनमा ९१५ र होम आइसोलेशनमा चार हजार ५७७ जना बसेका छन् ।
केही दिनदेखि क्वारेन्टिन र आइसोलेशनमा बस्नेको सङ्ख्या क्रमिक रुपमा घट्दै गइरहेको छ  र होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

कर्णाली- यस प्रदेशमा कोभिड९१९ का २८  सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा २८ जना गरेर अहिलेसम्मको सङ्क्रमितको सङ्ख्या दुई हजार ७१९ पुगेको छ । 

कर्णालीका विभिन्न स्थानमा गरिएको परीक्षणमा थपिने सङ्क्रमितहरू सुर्खेतको वीरेन्द्रनगरका १७ जना, रूकुम पश्चिम चार जना तथा सल्यान र दैलेखका दुई÷दुई  जना रहेका छन् । त्यस्तै जाजरकोट, मुगु र चितवनका एक÷एक जना सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ  ।

पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेहरूको सङ्ख्या १४ जना रहेको भने प्रदेशभर कुल डिस्चार्ज हुने दुई हजार ३५४ जना रहेका छन् । प्रदेशभर सक्रिय सङ्क्रमित ३५९ जना रहेका छन् । हालसम्म कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण छ जनाको ज्यान गइसकेको छ ।