हेटौँडामा भदौ ९ सम्म निषेधाज्ञा

रासस

आइतबार, ३२ साउन २०७७, १७ : ४३
हेटौँडामा भदौ ९ सम्म निषेधाज्ञा

हेटौंडा । मकवानपुरमा कोरोना सङ्क्रमित बढ्दै गएपछि हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा भदौ १ देखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि साउन २६ देखि ३२ सम्म निषेधाज्ञा जारी भएको थिथो ।

हेटौंडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नौ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । कोरोना भाइरस जनस्तरमा फैलिन थालेपछि जनताको स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । निषेधाज्ञा विगतका तुलनामा कडा पारिने उनको भनाइ छ । 

निषेधाज्ञा समयमा बिहान ५ देखि  ८ बजेसम्म पसल खुला रहनेछ । त्यस अवधिमा हेटौंडाका खाद्यान्‍न, तरकारी र फलफूलका पसल सञ्चालन हुने बताइएको छ । साथै उपमहानगरपालिका तथा प्रहरीद्वारा माइकिङ गरी निषेधाज्ञाको पालना गर्न टोल तथा बजारमा सूचनासमेत जारी गरेको पाइएको छ । त्यसैगरी सुरक्षा सतर्कता पनि बढाइएको छ । जिल्ला बाहिरबाट भित्र तथा जिल्लाभित्रबाट बाहिरको आवागमन पनि रोकिएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस