प्रधानमन्त्री रामनाम जप्दै वाल्मीकि बन्ने बाटोमा अग्रसरः राणा

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, १६ : ४७
प्रधानमन्त्री रामनाम जप्दै वाल्मीकि बन्ने बाटोमा अग्रसरः राणा

फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक, लिम्पियाधुरा फिर्ता लिने राष्ट्रिय चाहनाबाट विमुख भएर प्रधानमन्त्री केपी ओली रामनाम जप्दै वाल्मीकि बन्ने बाटोमा अग्रसर देखिएको टीप्पणी गरेका छन् ।

राष्ट्रियता जोगाउने जिम्मेवारी प्रधानमन्त्री ओलीले भूलेबाट ठोरी–ठोरी भन्दाभन्दै वाल्मीकि जन्मन सक्ने राणाले इंगित गरे । ‘मूल हाँक लिपुलेक, लिम्पियाधुरा फिर्ता लिनु हो । राष्ट्रिय चाहना यही हो,’ वर्तमान सन्दर्भमा टीप्पणी गर्दै राणाले सोमबार ट्वीटरमार्फत भनेका छन् । 

‘प्रधानमन्त्रीले तर कुटनीति, वार्ताबाट भोगचलन कायम गर्ने जिम्मा भूले जस्तो छ,’ उनले भनेका छन्, ‘शब्द आडम्बरले राष्ट्रियता जोगिने होइन । राम–राम, ठोरी–ठोरी जप्दाजप्दै वाल्मीकि जन्मिए अर्कै प्रसंग । त्यसो भए रुपान्तर, विषयान्तर दुबै हुनेछ ।’

प्रतिक्रिया दिनुहोस