सरकारले पहिलो पटक जारको पानीको मूल्य तोक्यो

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, १५ : ३८
सरकारले  पहिलो पटक जारको पानीको मूल्य तोक्यो

काठमाडौं । सरकारले पहिलो पटक जारको पिउने पानीको मूल्य तोकेको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित पिउने पानीको अधिकतम खुद्रा मूल्य तोकेको हो। प्रशोधित पिउने पानी प्रति जार ५० रुपैयाँ र प्रशोधित पिउने पानी प्रतिकार्टुन १६ बोतल भएको १५० रुपैयाँ तोकेको छ ।

अब पानीको जार उत्पादक कम्पनीले २० रुपैयाँमा, डिस्ट्रीब्युटरले ३५ रुपैयाँमा र खुद्रा व्यापारीले ४० रुपैयाँसम्म बेच्न पाउँछन् ।  एमआरपी ५० रुपैयाँ लेखिएको हुन्छ । 

प्रतिक्रिया दिनुहोस