गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालालाइ १ लाख आर्थिक सहयोग

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०७७, ०९ : १८
गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालालाइ १ लाख आर्थिक सहयोग

चितवन । चितवनको भरतपुर स्थित रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय रंगशालालाइ स्टार ग्रुप र एमआरआर कान्साई जापानले १ लाख रुपैंया सहयोग गरेको छ । गु्रपले जापानमा आयोजना भएको मैत्रीपूर्ण क्रिकेट खेलबाट संकलित रकम सोमबार एक कार्यक्रमका बिच धुर्मुस सुन्तली फाउण्डेशनमा हस्तान्तरण गरेका छन् ।

सहयोग रकम बुझदै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले यसरी देश विदेशमा रहेका नेपालीहरुले सहयोग गर्दा कामले तिब्रता पाएको बताए । उनले भने–‘गौतम बुद्ध रंगशाला धुर्मुस र सुन्तलीको मात्र नभई जनताको भएकाले सबैको सहयोग र साथ पाएकोमा खुशी लागेको छ ।’ 

एनआरएनए कान्साई जापानका उपाध्यक्ष एवं स्टार ग्रुपका  संरक्षक दिलिप शर्मा गैरेले सो रकमले रङ्गशाला निर्माणमा थोरै भएपनि सहयोग पुग्ने विश्वासले प्रदान गरिएको बताए । यस्तै गैरेले, केही दिन अगाडी व्यक्तिगत रुपमा भरतपुर महानगरपालिकाको बाढी पीडित कोषमा १ लाख, युथ नेपाल भरपतुरलाई ५० हजार रकम सहयोग गरेका थिए । 

प्रतिक्रिया दिनुहोस