कैलालीमा फेला परेको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

मंगलबार, ०६ साउन २०७७, ०९ : ११
कैलालीमा फेला परेको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

फाइल फोटो

कैलाली। कैलालीका ४ ठाउँमा अज्ञात समूहले राखेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । सो शंकास्पद बस्तु  बिप्लब समुहले राखेको आशंका प्रहरीको छ । 

कैलालीको एलएन चोक, सामाजिक बिकास मन्त्रालय , अर्थ मन्त्रालय र लम्की चुहानगरपालीका आसपास क्षेत्रमा राखेका शंकास्पद बस्तु सेनाको टोलीले आज बिहान डिस्पोजल गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

उक्त शंकास्पद बस्तु प्रेसरकुकरमा टेपले बाँधेर राखेको अवस्थामा भेटिएको थियो ।  विप्लव समूहले पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै मंगलबार सुदूरपश्चिम बन्दको आह्वान गरेको छ ।