घट्यो सुनको मूल्य, बढ्यो चाँदी

सफल खबर संवाददाता

मंगलबार, ३० असार २०७७, १२ : ३५
घट्यो सुनको मूल्य, बढ्यो चाँदी

फाइल फोटो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

सोमबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार रु १०० ले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । 

तेजावी सुनको मूल्य ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । 

चाँदीको मूल्य रु ५ बढेर तोलामा ९९५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस