सुनको मूल्य रु ९२ हजार

रासस

विहीबार, २५ असार २०७७, २१ : ४९
सुनको मूल्य रु ९२ हजार

काठमाडौं । नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४०० पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यसैगरी तेजाबी सुनको मूल्य रु ९१ हजार ९६५ र चाँदीको भाउ तोलामा रु २५ ले बढेर रु ९८० प्रतितोला कायम भएको छ । बुधबारको तुलनमा प्रतितोला रु ९००ले सुनको भाउ बढेको हो ।

आज कारोबार भएको सुनको मूल्य हालसम्मकै उच्च हो । लकडाउन (बन्दाबन्दी) र सुनको भाउ बढ्दै जानुले पछिल्लो पटक कारोबार ठप्प रहेको महासङ्घ महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस