बालविवाह गराउने पाँच जना पक्राउ

रासस

विहीबार, २५ असार २०७७, २१ : ४७
बालविवाह गराउने पाँच जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका–११ मा उमेर नपुगेकी १४ वर्षीय बालिकासँग विवाह गर्ने बेहुलासहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बेहुला गोरखा शहीद लखन गाउँपालिका–२ बस्ने २३ वर्षीय सन्तोष अर्याल, बेहुलाका बाबु, बेहुलीकी बाबु, आमा र विवाह गराउने पण्डित रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । 

नाबालिकाको विधिवत रुपमा बालविवाह हुँदै गरेको भन्ने सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध आज जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रनाउ तिमिल्सिनाले जानकारी दिनुभयो ।

“विधिवत तवरबाट विवाह मण्डप, जगिया तयार गरी बेहुलीको सिउँदोमा सिन्दुर हाली विवाह सम्पन्न भइसकेको रहेछ,” प्रनाउ तिमिल्सिनाले भन्नुभयो, “बेहुली अन्माउने बेलामा पाँच जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस