Safal Khabar - बाढीका मृतकका परिवार र गम्भीर घाइतेलाई एक लाख राहत
बिहिबार, २९ साउन २०७७ (Thursday, 13 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
बाढीका मृतकका परिवार र गम्भीर घाइतेलाई एक लाख राहत
बिहिबार, २५ असार २०७७, २१ : ३८
बाढीका मृतकका परिवार र गम्भीर घाइतेलाई एक लाख राहत

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई किरिया खर्चबापत तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ ।

यसैगरी गम्भीर घाइतेको उपचारका लागि पनि सोही बराबरको रकम उपलब्ध गराउने तथा सामान्य घाइतेको उपचारको सम्पूर्ण व्यवस्था गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिनुभयो । 

“बाढीबाट विस्थापित भएकालाई मध्यभोटेकोशी जलविद्युत् आयोजनाको आवास गृहमा राखिएको छ”, उहाँले “अन्य केहीलाई सुरक्षित स्थानमा टेन्टमा राखिएको छ ।” भोलि नै विस्थापितहरुलाई थप सुरक्षित स्थानमा लगिनेछ ।

Yeti Diistillery
Tansen Cement box

प्रतिक्रिया दिनुहोस