रत्ननगरमा सोती नरसंहारको विरोध

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०७७, १४ : ०४
रत्ननगरमा सोती नरसंहारको विरोध

चितवन । रुकुम पश्चिमको सोतीमा भएको नरसंहारको घटनाका दोषीलाई कारबाहीको माग गर्दै रत्ननगरमा मङ्गलबार विरोध प्रदर्शन गरिएको छ ।

संयुक्त दलित संघर्ष समिति चितवनले आयोजना गरेको विरोध प्रदर्शनका सहभागीले सोती घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गरे । उनीहरुले दलित भएकै कारण मारिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

विरोध प्रदर्शन कार्यक्रममा रत्ननगर नगरपालिका ४ की सदस्य मीरा विक, दलित उन्मुक्ति श्रमिक मोर्चाका अध्यक्ष गोपाल परियार, दलित मुक्ति समाज चितवनका सदस्य देवराज रोका, दलित पत्रकार संघका उपाध्यक्ष गोपाल विश्वकर्मा, पूर्वी चितवन सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रेम खाती, परियार समाजका अध्यक्ष शुक्र परियार लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस