सिमरा फेरि अशान्त, विरोध प्रदर्शन गर्दै सडकमा युवा

सफल खबर संवाददाता

विहीबार, ०४ मंसिर २०८२, १२ : ५८
सिमरा फेरि अशान्त, विरोध प्रदर्शन गर्दै सडकमा युवा

काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र जेन-जी समूहका युवाबीच बुधबार भएको झडपका कारण बारा सिमरा अशान्त बनेको छ ।

आज बिहीबार पनि विरोध प्रदर्शनी गर्दै युवाहरू सडकमा निस्किएका छन् । प्रहरी प्रशासन र युवाहरूबीच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस