हुलाकी सडक निर्माणमा भारतको अवरोध

पत्रपत्रिकाबाट

मंगलबार, २३ असार २०७७, ०८ : ०९
हुलाकी सडक निर्माणमा भारतको अवरोध

महेन्द्रनगर । कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतीय पक्षले पटक(पटक अवरोध गर्दै आएका छन्।  भारतीय सुरक्षाकर्मीले कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइ क्षेत्रमा निर्माण भइरहेको हुलाकी सडकमा उक्त क्षेत्र भारतको भू(भागमा पर्ने दाबी गर्दै निर्माण कार्यमा अवरोध गरेका हुन्। 

ुबाटो खन्ने बेलामा पनि अवरोध गरे, सडकमा ग्राभेल गर्ने बेला पनि अवरोध गरे। अहिले सडक कालोपत्रे गर्न खोज्दासमेत निर्माणमा अवरोध पुर्‍याइरहेका छन्, बेलौरी नगरपालिका–८ का वडाध्यक्ष नन्दकुमार रानाले भने, सडक निर्माणको सुरुदेखि नै भारतीय पक्षले ४(५ पटक अवरोध गरिसके।  सडक कालोपत्रे तयारी भइरहँदा आइतबार भारतीय सुरक्षाकर्मीसहित त्यहाँका स्थानीयले सडक निर्माणमा हस्तक्षेप गरेका हुन्।

साँझ ५ बजेतिर उक्त क्षेत्रका डिएमसहित उच्च प्रहरी अधिकारी, भारतीय सञ्चारकर्मी र भारतीय नागरिक आई अवरोध पुर्‍याएको वडाध्यक्ष रानाले बताए। हामीसँग लालपूर्जा भएको जग्गा भारतीय पक्षले आफ्नो दाबी गर्दै सडक बनाउन दिएका छैनन्, रानाले भने, ३८ नम्बर पिल्लरदेखि अगाडि १२ सय मिटर भू(भाग भारतले आफ्नो दाबी गर्दै आएको छ। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।   

प्रतिक्रिया दिनुहोस