काभ्रे । टिपरको ठक्करबाट काभ्रेमा दुई जनाको ज्यान गएको छ । बुधबार धुलिखेल २ मा भएको उक्त दुर्घटनामा परी ५० वर्षीय वेदप्रसाद कोइराला र उनका ५५ वर्षीय दाजु गोवर्द्धनको मृत्यु भएको स्थानीय निरञ्जन गेलालले जानकारी दिए ।
बा ३६ प ५०५२ नम्बरको मोटरसाइकलमा सवार कोइराला दाजुभाइलाई सोही दिशातिर गइरहेको बा ४ छ ६३८३ नम्बरको टिपरले ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिने टिपरलाई चालकले नालीमा खसालेर फरार छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भेरी नदीमा टिपर खस्यो, तीन जना बेपत्ता
टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते