बढ्यो सुनको मूल्य, तोलाको ९१ हजार रुपैयाँ

सफल खबर संवाददाता

सोमबार, ०८ असार २०७७, १२ : २६
बढ्यो सुनको मूल्य, तोलाको ९१ हजार रुपैयाँ

फाइल फाेटाे

काठमाडौँ । बन्दाबन्दीले कारोबार ओरालो लागेपनि सुनको मूल्य भने उकालो लागेको छ । 

सुनचाँदी व्यवसायी महासंघले सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ । 

महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९१ हजारमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस