नागरिकता विधेयकबारे छलफल गर्न नेकपा सचिवालय बस्दै

सफल खबर संवाददाता

शनिबार, ०६ असार २०७७, ०८ : २३

काठमाडौं । नागरिकता विधेयकबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।

शुक्रबार पार्टीका केही नेता तथा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा रहेका सांसदहरुसँग परामर्श गरेपछि थप निर्णय गर्न सचिवालयलाई जिम्मा दिएको सांसदहरुले बताएका छन् ।

सांसदहरुसँगको छलफलपछि बाँकी निर्णय सो बैठकले गर्ने गरी जिम्मा दिएको एक बताए । नेकपा सचिवालय बैठक शनिबार विहान नौ बजे बालुवाटारमा बस्दैछ । काँग्रेसले विधेयकमा लफडा भएपनि समस्या हुँदै आएको छ । नेकपाले ७ विदेशी बुहारीलाई बिहेको ७ वर्षपछि मात्रै नागरिकता दिने भनेको छ भने काँग्रेसले समय राख्न नहुने बताउँदै आएको छ ।