सांसदको खर्च नभएको रकम कोरोना कोषमा राख्न नियमावली संशोधन

शुक्रबार, ०५ असार २०७७, १५ : ३२
सांसदको खर्च नभएको रकम कोरोना कोषमा राख्न नियमावली संशोधन

काठमाडौँ । सांसदहरुलाई उपलव्ध गराइएको रकम खर्च नभए अब कोरोना कोषमा राखिने भएको छ । सरकारले आर्थिक वर्ष २०७६ र ७७ मा सांसदहरुलाई दिएको पैसा खर्च नभएको भए कोरोना कोषमा जम्मा हुने गरी नियमावली संशोधन गरेको छ।

असार २ गते बसेको मन्त्रिपरिषद बैठकले सांसद विकास कोषबाट खर्च नभएको रकम सम्वन्धित स्थानीय तह (आयोजना सञ्चालन भएका स्थानीय तह) को कोरोना कोषमा राखिने गरी नियमावली संशोधन भएको हो । यो रकम असार १५ सम्म जम्मा भइसक्नुपर्छ ।  जम्मा भएको पैसा कोरोनाको उपचार, नियन्त्रण र रोकथाममा मात्र खर्च गर्न पाइन्छ ।  कोभिड १९ नियन्त्रणका लागि आवश्यक सहयोग पुग्ने अपेक्षा सरकारले गरेको छ । 

एक सांसदले आफ्नो क्षेत्रमा ६ करोड रुपैयाँ विकास खर्च गर्न पाउने नियम छ । लकडाउनका कारण सांसदहरुको यो रकम पूर्ण रुपमा खर्च गर्न सकेका छैनन् । खर्च नभएको रकम अब कोरोना कोषमा जम्मा हुनेछ । 

प्रतिक्रिया दिनुहोस