सुशान्तसिंह राजपुतकी भाउजुको पनि मृत्यु, शोकमाथि शोक थपियो

एजेन्सी

मंगलबार, ०२ असार २०७७, १८ : २७
सुशान्तसिंह राजपुतकी भाउजुको पनि मृत्यु, शोकमाथि शोक थपियो

एजेन्सी । टेलिभिजन हुँदै बलिउडमा आफ्नो करियर बनाएका सुशान्त सिंह राजपूतले १४ जुनमा आत्महत्या गरे । शोकमा रहेको परिवारमा शोक थपिएको छ । उनकी भाउजुले पनि सोमबार बिहारमा प्राण त्यागेकी छिन् ।

टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टअनुसार सुशान्तको मृत्युको खबरले स्तब्ध भएपछि उनकी भाउजु सुधादेवीले खाना खानै छाडेकी थिइन् । उनी सुशान्तका काकाका छोरा अर्थात् दाइ अमरेन्द्र सिहंकी पत्नी हुन् । जो सुशान्तको पुख्र्यौली गाउँ बिहारको पूर्णियास्थित मलडीहामा बस्थिन् ।

पहिल्यैदेखि बिरामी रहेकी सुधा आइतबारदेखि खानपान छोड्दा निकै कमजोर भएकी थिइन् र बारम्बार बेहोस भइरहिन् । २४ घण्टासम्म भोकै रहेपछि उनले सुशान्तको अन्तिम संस्कार हुँदाको समय प्राण त्यागिन् । जसकारण, सुधाको परिवार मुम्बईमा भएको सुशान्तको अन्तिम संस्कारमा सहभागी हुन सकेन । 

सुशान्त सिंह बिहारको पूर्णिया जिल्लाका स्थायी बासिन्दा हुन् । ९० को दशकमा उनको परिवार पटना आएको थियो ।

पिता केके सिंह पूर्वसरकारी अधिकारी हुन् ।  पटनाको सेन्ट कैरेन्स स्कुलबाट पढाइ सकेपछि सुशान्त दिल्ली गएका थिए । सुशान्तका गाउँलेहरुले अझै उनले आत्महत्या गरेको भनेर स्वीकार्न सकेका छैनन् । 

प्रतिक्रिया दिनुहोस