हेलिकप्टरबाट दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी गरिने

मंगलबार, ०५ मंसिर २०७४, १३ : १०
हेलिकप्टरबाट दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी गरिने

 


सोलुखु्म्बुको अति दुर्गम क्षेत्रबाट केन्द्रसम्म मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बसेको सर्वपक्षीय छलफलमा अतिदुर्गम क्षेत्रबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टर व्यवस्थापनका लागि निर्वाचन आयोगमा अनुरोध गर्ने निर्णय गरिएको हो ।  
    भौगोलिक विकटता, मौसम प्रतिकूलता र यातायात, सञ्चार असुविधाका कारण हेलिकप्टरबाट ढुवानी गर्न सहज र सुरक्षित हुने भएकाले सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।      
     लिखुपिके गाउँपालिका, खुम्बु पासाङल्ह्मु गाउँपालिकामा रहेको मतदान केन्द्र अति दुर्गम मानिएको छ । महाकुलुङ र दूधकौशिका गाउँपालिकाको केही भागमा रहेको मतदान केन्द्र पनि अति दुर्गममा पर्दछन् ।
     यही मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा यस जिल्लामा ११८ मतदानस्थल र १२५ मतदान केन्द्र छन् ।  

 उक्त केन्द्र सदरमुकामदेखि ९६ किलोमिटर दुरीमा छ । जहाँ पुग्न सदरमुकामदेखि चार दिन पैदल हिँड्नुपर्छ । चिसो बढेसँगै भरिया पाउन पनि समस्या हुन्छ । (रासस)

 

प्रतिक्रिया दिनुहोस