सुर्खेतको क्वारेन्टाइनमा रहेका बझाङका एक व्यक्तिमा कोराना संक्रमण

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १९ : ३०
सुर्खेतको क्वारेन्टाइनमा रहेका बझाङका एक व्यक्तिमा कोराना संक्रमण

बझाङ । भारत को दिल्लीबाट नेपाल आएर सुर्खेतको क्वारेन्टाइनमा बस्दै आएका एक व्यक्तीमा कोरोना संक्रमण  पुष्टी भएको छ ।  बझाङको केदार गाउँपालिका १ घर भएका ५५ बर्षिय एक व्यक्तीमा  पिसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा बझाङका ती व्यक्तीसँगै १५ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको तथ्यांकमा उल्लेख छ ।  सुर्खेतमा रहेका बझाङका व्यक्तीमा कोरोना पुष्टी भएपछि बझाङबासी त्रसित बनेका छन । 

केदार गाउँपालिका १ घर भएका ५५ बर्षिय एक व्यक्तीमा पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको जिल्ला जन स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए । भारतबाट नेपाल आएर सुर्खेतको क्वारेन्टाइनमा बस्दै आएका ती व्यक्ती गृह जिल्ला बझाङ भने नआएको उनको भनाइ छ । 

पछिल्लो समयमा रोजगारीका लागि भारत गएका बझाङबासी जिल्ला भित्रिनेक्रम  बढदो छ । यसरी जिल्ला भित्रिएका कतिपय मानिसहरु क्वारेन्टाइनमा बस्ने गरेका छन भने कतिपय मानिसहरु सिधै घर जाने गरेका छन । कोरोना भाइरसको संक्रमणले विश्व नै थला परिरहेका बेला बझाङमा भने भारतबाट मानिसहरु गृह जिल्ला सम्म ल्याउन राजनितिक प्रतिश्पर्धा नै चलेको छ । 

यसरी कोरोना भाइरसको संक्रमणमा पनि राजनितिक रंग दिइन्छ भने भोली बझाङमा पनि महामारीको रुप नलेला भन्न सकिन्न । त्यसैले सबैले सचेत रहेर कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्नुपर्ने जरुरी छ ।

प्रतिक्रिया दिनुहोस