कोरोनाका कारण युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउँदै

पत्रपत्रिकाबाट

शनिबार, १० जेठ २०७७, ०७ : ४६
कोरोनाका कारण युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउँदै

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ । 

युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको सबैभन्दा बढी असर युएईमा रहेका नेपालीमाथि पर्ने देखिएको हो । 

युएईमा रहेकामध्ये कम्तीमा ३० प्रतिशत नेपालीले रोजगारी गुमाउने संघले जनाएको छ । ‘कोरोनाले युएईको होटल, पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ, संघका महासचिव सुजितकुमार श्रेष्ठले भने, जसले गर्दा होटल, पर्यटन क्षेत्रका काम गर्नेसहित धेरै सुरक्षा गार्डले रोजगारी गुमाएका÷गुमाउँदै छन् ।’ यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।