काठमाडौँ । सरकारले मुस्लिम धर्मावलम्बीहरूको चाड इद उल फित्रका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले सैद्धान्तिक रूपमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बताए । आजैको बैठकले संविधानको अनुसूची ३ मा रहेको निशान छापलाई संशोधन गर्नका लागि संविधान नै संशोधन गर्नुपर्ने भएकाले संशोधन प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।
यसअघिको मन्त्रिपरिषद बैठकले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोही नक्सा अनुसार निशान छाप संशोधन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्तिको तयारी
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति