बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बस्दै, यस्ता छन् ‘एजेण्डा’

संविधान संसोधन देखि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने सम्मका एजेण्डा

सफल खबर संवाददाता

शुक्रबार, ०९ जेठ २०७७, ०९ : ४३
बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बस्दै, यस्ता छन् ‘एजेण्डा’

काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बिहान १० वजेका लागि बैठक बोलाईएको छ । यही हप्तामात्रै तीन पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । ४ जेठमा बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन १५ दिन थप गदै जेठ २० सम्म थप गर्ने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट बसेको मन्त्री परिषद् बैठकले लिम्पियाधुरासम्मको भूमि नेपालको भएको प्रष्ट दावी सहित नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय लियो । त्यसपछि आज फेरि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । एक मन्त्रीका अनुसार, आज बस्ने मन्त्रिपरिषद् बैठकमा यस अगाडी छलफलमै रहेको विदेशमा रहेका नेपाली नागरिकलाई कसरी स्वदेश ल्याउने, उनीहरुलाई सुरक्षित क्वारेन्टाइनमा कसरी राख्ने जस्ता विषयमा केन्द्रीत रहेर छलफल हुनेछ ।

परराष्ट्र मन्त्रालयका सहसचिवले बनाएको कार्ययोजनामा कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को थप तयारी गरिरहेको छ । यस विषयमा बुधबार मात्रै पनि छाउनीस्थित सीसीएमसीको कार्यालय छाउनीमा प्रधानमन्त्री केपी ओलीले पुगेर ब्रिफिङ सुनेका थिए । त्यहा अहिलेसम्म विदेशमा रहेका नेपालीलाई कति चरणमा कुन प्रथामिक सूचिका आधारमा कसरी ल्याउने भन्नेमा कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरका प्रतिनिधीले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

ओलीले त्यसमा सामान्य परिमार्जनको निर्देशन गरेका थिए । त्यसैका विषयमा केन्द्रीत रहेर आजको मनित्रपरिषद्को बैठकमा छलफल हुन लागेको ति मन्त्रीले सफलखबरसँग भने । ‘एजेण्डाकै विषयमा खास भनिएको त छैन, तर विदेशमा रहेका नेपालीहरुको उद्दार र ब्यवस्थापनका विषयमा छलफल हुन सक्ने भनिएको छ,’ ति मन्त्रीले भने,–‘सायद आजको बैठकले विदेशमा रहेका नेपालीहरुको ब्यवस्थापनका सवालमा केही ठोस योजना बनाउँछ ।’

तर स्रोतका अनुसार, संविधान संसोधनका विषयमा पनि आजको मन्त्रिपरिषद् बैठकमा छलफल हुदैछ । नेपालले लिम्पियाधुरासम्मको नक्सा समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संविधानको अनुसूचिमा रहेको निशान छाप लगायतमा संसोधन आवश्यक छ ।

प्रधानमन्त्री ओलीले ६ गतेको संसद बैठकमा सम्बोधनका क्रममा पनि संविधान संसोधनका विषय छिटटै  आउने भन्ने जानकारी गराएका थिए । जसकाकारण पनि आजको मन्त्रिपरिषद् बैठकमा यस विषयमा निर्णय हुने बताईएको छ ।
 

प्रतिक्रिया दिनुहोस