नेपाली भूमिमा भारतले बाटो बनाएको विरोधमा संसद भवन अगाडि प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०७७, ११ : ३५
नेपाली भूमिमा भारतले बाटो बनाएको विरोधमा संसद भवन अगाडि प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ

काठमाडौँ । नेपाली भूमि मिचेर लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा युवा र विद्यार्थीहरुले आइतबार संसद भवन अगाडि प्रदर्शन गरेका छन् ।

आइतबार बिहान संसद बैठक सुरु हुन लाग्दा युवा रविद्यार्थीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीहरुले भारतले सीमा मिचेको तथा नेपाल सरकार मौन बसेको विरोधमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरु संसद भवनमा प्रवेश गर्न खोजेपछि केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि उनीहरुले शनिबार माइतीघरमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस