लिपुलेक मिचिएको बारे सरकार बेखबर रहनु आश्चर्यजनक : राणा

सफल खबर संवाददाता

शनिबार, २७ बैशाख २०७७, १२ : ५५
लिपुलेक मिचिएको बारे सरकार बेखबर रहनु आश्चर्यजनक : राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक मिचिएको बारेमा सरकार बेखबर रहनु आश्चर्यजनक र सन्देहपूर्ण रहेको बताएका छन् ।

नेपाली भूमीमा भारतले एकतर्फी सडक निर्माण गर्दा सरकार भूमिकाविहीन देखिनुले सरकार छ ? कहाँ छ ? भन्ने प्रश्न उब्जिएको राणाले शनिबार बताए ।

लिपुलेक निर्विवाद रूपमा नेपालको हो भन्दै, राप्रपा अध्यक्ष राणाले सरकारले कुटनीतिक तहमा पहल गरेर नेपाली भूभाग सुरक्षित राख्नु पर्नेमा जोड दिए ।

राणाले ट्वीट गर्दै भने, ‘लिपुलेक नेपालको हो, यसमा कुनै विवाद छैन । नेपाली भूभाग भएर भारतले सडक निर्माण गरेको जानकारी आएको छ । नेपाल सरकार यसबारे बेखबर रहनु आश्चर्यजनक छ, सन्देहपूर्ण छ ।’

उलने भने, ‘यसबाट सरकार छ ? कहाँ छ ? भन्ने प्रश्न पुनः उब्जिएको छ । तत्काल कुटनीतिक पहल गरेर सरकारले नेपाली भूमी सुरक्षित गर्नु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस