काठमाडौं । लामो लकडाउनका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष असर देखिएको छ ।
जसअनुसार होटल संघ नेपालले ६ महिना होटल बन्द गर्ने घोषणा गरेको छ । आइतबार लकडाउनका कारण एक वर्षसम्म असर देखिने निष्कर्ष निकाल्दै संघले आगामी ६ महिनासम्म सम्पूर्ण होटल बन्द गर्ने र कर्मचारीको समस्यालाई ध्यान दिँदै निश्चित तलब दिने घोषणा गरेको छ ।
जसअनुसार ६ महिनासम्म अर्थात असोज मसान्तसम्म प्रत्येक महिनाको आधारभूत तलबको १२.५ प्रतिशतको दरले हुन आउने रकम उपलब्ध गराउनुका साथै सेवाशुल्क उपलब्ध गराउने होटलहरुले श्रमिकले पाउने सेवा शुल्क मौजादबाट प्रत्येक महिना उपलब्ध गरउने निर्णय गरिएको छ ।
यो निर्णयअनुसार पारिश्रमिक लिन नचाहनेको हकमा श्रम ऐनअनुसार कर्मचारी कटौतीका लागि प्रक्रिया चलाइ आंशिक रुपमा वा पूर्णरुपमा कर्मचारी कटौती गर्ने उल्लेख गरिएको छ ।
यो निर्णय सबै सदस्य होटलले पालना गर्नुपर्ने सर्कुलर समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०७७, २१ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटल मिस्टेक माउण्टेन अब पोखरामा
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
चितवनका विभिन्न होटलमा प्रहरीकाे छापा, २० जना पक्राउ
रारा ताल किनारको डाँफे होटलमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
नेपालमा होटल तथा रेस्टुरेन्टको सङ्ख्या एक लाख ४२ हजार
लु्क्लामा मौसम खराब हुँदा मन्थलीका होटल भरिभराउ