‘किम जोनलाई स्वस्थ्य देख्न पाउदा खुसी छु’ : राष्ट्रपति ट्रम्प

आइतबार, २१ बैशाख २०७७, १० : ३१
‘किम जोनलाई स्वस्थ्य देख्न पाउदा खुसी छु’ : राष्ट्रपति ट्रम्प

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ–उनबारे विभिन्न अड्कलबाजी भईरहदा उनी सार्वजनिक रुपमा देखिएका छन् । किम सार्वजनिक देखिएसंगै र उनी  स्वास्थ रहेको थाहा पाउँदा आफू ‘प्रशन्न’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

उत्तर कोरियाका नेता किम २० दिनपछि शनिबार सार्वजनिक कार्यक्रममा देखिएका थिए । ३ हप्ता यता नदेखिदा उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्ने भन्दै विभिन्न खबर आएका थिए । तर ती सबै खबरलाई झुट साबित गर्दै नेता किम शनिबार सार्वजनिक भएका थिए ।

ट्रम्पले किमको अवस्था थाहा पाएसंगै ट्वीट गर्दै लेखेका छन्, ‘उनी आएको देख्दा म प्रशन्न छु र स्वस्थ रहेको थाहा पाउँदा पनि ।’ 

समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको शनिबार उद्घाटन गरेका हुन् ।नेता किम उपस्थित हुँदा उद्योगका मानिसहरु अति उत्साहित भएको केसिएनएले उल्लेख गरेको थियो ।कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) का अनुसार उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएका हुन् । प्योङ्गको उत्तरमा रहेको उद्योगको उनले उद्घाटन गरेको केसिएनएले उल्लेख गरेको छ ।

नेता किम अप्रिल १२ यता पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित हुन् । त्यसयता नदेखिएपछि उनी गम्भीर बिरामी परेको हुन सक्ने भन्दै विश्वव्यापी चासो बढेको थियो ।उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किमले उद्योग उद्घाटन गर्ने क्रममा रिबन काट्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको थियो । नेता किम सार्वजनिक कार्यक्रममा उपस्थित भएको भन्ने खबरबारे पत्रकारले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिक्रिया मागेका थिए । ट्रम्पले सो विषयमा टिप्पणी गर्न नचाहने बताए ।

राष्ट्रपति ट्रम्पले गएको सोमबार किमको अवस्थाबारे आफूलाई स्पष्ट जानकारी रहेको तर त्यसबारे नबताउने भनेका थिए । नेता किम अप्रिल १५ मा हजुरबुवा (उत्तर कोरियाका संस्थापक) किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका थिए । 

प्रतिक्रिया दिनुहोस