एक १६ वर्षीया किशोरीलाई ९ जनाले गरे जबरजस्ती करणी

शुक्रबार, १९ बैशाख २०७७, १६ : ४०
एक १६ वर्षीया किशोरीलाई ९ जनाले गरे जबरजस्ती करणी

सुनसरी । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।  ईटहरी उपमहानगरपालिका-११ सिमरवना चोक बस्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सोही उपमहानगरपालिकास्थित एकान्त बगैँचा घारीमा गत आइतबार राति ती किशोरीलाई ९ जनाले सामूहिकरूपमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न फरार रहेका अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस