चिनियाँ राजदुतको सक्रियता बढ्दो, प्रधानमन्त्री ओलीसँगको कुराकानी पछि आज प्रचण्डसँग भेटवार्ता

शुक्रबार, १९ बैशाख २०७७, ११ : २५
चिनियाँ राजदुतको सक्रियता बढ्दो, प्रधानमन्त्री ओलीसँगको कुराकानी पछि आज प्रचण्डसँग भेटवार्ता

काठमाडौं । चिनियाँ राजदुत होउ यान्छीले आज नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन् । 

खुमलटारस्थित दाहाल निवास पुगि राजदुत यान्छीले अध्यक्ष दाहालसँग भेटवार्ता गरेकी हुन् । श्रोतका अनुसार दुवै जनाबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको हो । 

पार्टीभित्र देखिएको विवाद सतहमा आउन थालेपछि सर्वत्र चासो भइरहँदा चिनियाँ राजदुतले पनि सोही विषयमा चासो राखेकी थिइन् ।

यसअघि राजदुत यान्छीले प्रधानमन्त्री ओलीसँग बिहीबार साँझ दुई घण्टा कुराकानी भएको श्रोतको भनाई छ । दुवैजनासँगको वार्तामा राजदुत यान्छीले पार्टी विखण्डन गर्नुभन्दा पनि एकताबद्ध भएर जाने आशा व्यक्त गरेकी छन् । 

राजदुत यान्छी अध्यक्ष प्रचण्डसँगको भेटपछि नेकपाका वरिष्ठ नेता माधव नेपाललाई भेटनका लागि उनको निवासतर्फ गएको श्रोतको भनाई छ ।

एकसाता पहिले चिनियाँ राष्ट्रपति सि जिनपिङले टेलिफोनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्ता गरी ओलीको सुस्वास्थ्यका लागि शुभकामना दिएपछि चिनियाँ राजदुतको सक्रियता बढेको हो । 

राष्ट्रपति सीको राष्ट्रपति भण्डारीसँग फोन वार्तापछि राजदूत याङछीले राष्ट्रपति भण्डारीसँग पनि एक्लै भेट गरेको श्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस