कोरोनाबाट न्यूयोर्कमा एक महिना यता सबैभन्दा कमको मृत्यु

शनिबार, १३ बैशाख २०७७, १० : २१
कोरोनाबाट न्यूयोर्कमा एक महिना यता सबैभन्दा कमको मृत्यु

एजेन्सी । अमेरिकाको न्युयोर्कमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या गत मार्च ३१ यताकै कममा झरेको छ ।
शुक्रबार न्युयोर्कको सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ४ सय २२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । यसअघि मार्च ३१ मा ३ सय ९१ जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म न्युयोर्कमा २१ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुओमोले पछिल्लो समय न्युयोर्कमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विस्तारै कम हुँदै गए पनि यो महामारी अझै विनाशकारी रहेको बताएका छन् । उनले पछिल्लो समय विस्तारै महामारीको प्रकोप कम हुँदै गए पनि अझै सतर्क रहनुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस