​६ वर्षको बच्चाले डिजाईन गरेको जर्सी लगाउने भयो ईटालीको एक व्यवसायी फुटबल क्लब

बुधबार, १० बैशाख २०७७, ०८ : ५५
​६ वर्षको बच्चाले डिजाईन गरेको जर्सी लगाउने भयो ईटालीको एक व्यवसायी फुटबल क्लब

एजेन्सी । कोरोना कहरले आतंकित बनाईरहेको इटालीमा एक व्यवसायिक फुटबल क्लबले ६ वर्षका बच्चाले डिजाइन गरेको जर्सी प्रयोगमा ल्याउने भएको छ । पेस्कारार क्लबले ६ वर्षका लुइजी डी’गोस्तिनोले डिजाइन गरेको जर्सी आफ्नो क्लबको औपचारिक जर्सी बनाउने भएको हो ।

क्लबले बालबालिकाहरुलाई आफ्नो जर्सीको डिजाइन गर्नका लागि प्रतिस्पर्धा आह्वान गरेको थियो । कोरोना भाइरसको महामारीका कारण लकडाउन हुँदा घर भित्रै सीमित भएका बालबालिकालाई रमाइलो होस् भनेर क्लबले सो प्रतिस्पर्धा गरेको थियो । पेस्काराले हाल सेतोमा निलो लाइन युक्त जर्सी लगाउने गर्छ।

प्रतियोगिताको नारा ‘गिभ अ किक टू कोभिड–१९’ थियो । लुइजीले डल्फिनसहितको डिजाइन बनाएका हुन् । इटालियन सिरी बी क्लब पेस्काराले आउँदो सिजन सो जर्सी प्रयोग गर्ने भएको हो । पेस्कारा काचु १९३६ पूरा नाम भएको क्लबले इटालियन शीर्ष लिग सिरी ए मा खेलेको छ । अहिलेसम्म उसले सात सिजन सिरी ए मा सहभागिता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस