अमेरिकाको न्यूयोर्कको शवहरुको थुप्रो, यसरी पुरिँदैछन् कोरानाबाट मृत्यु भएकाहरु

आइतबार, ३० चैत्र २०७६, १० : ५९
अमेरिकाको न्यूयोर्कको शवहरुको थुप्रो, यसरी पुरिँदैछन् कोरानाबाट मृत्यु भएकाहरु

एजेन्सी । कोरोना भाइरसले विश्वभरि नै महामारीको रुपमा लिएपछि अहिले सम्म १ लाख भन्दा बढी मानिसको मृत्यु भईसकेको छ । त्यस मध्ये अमेरिको अहिले सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा पनि न्यूयोर्क सबैभन्दा बढी प्रभावित हुँदै अत्याधिक मृत्यु भएपछि त्यहां सामूहिक चिहान बनाएर शवहरुलाई पनि सामुहिक रुपमा पुरिन थालिएको छ । 

अमेरिकाको न्यूयोर्क सिटीको हार्ट आइल्याण्डको पहिचान ‘सामूहिक चिहान’ का रुपमा पनि रहँदै आएको छ । अहिले त्यही यि शवहरुलाई सामुहिक रुपमा पुरिन थालिएको छ । यसरी पुरिनेमा अधिकांश आफन्तको पहिचान नभएका वा आफन्तले लिन शव लिन अस्वीकार गरेकाहरु हुने गरेका छन् । 

हार्ट आइल्याण्डमा स्पेनिस फ्लू र एड्स संकटका बेला मृत्यु भएकाहरु त्यहीँ पुरिए। यस्तै सो क्षेत्र एल्लो फिवर र टिबीका बिरामीका लागि क्वारेन्टाइन सेन्टर पनि बन्यो। अहिले फेरि हार्ट आइल्याण्ड सामूहिक चिहान बनेको छ। कोरोना भाइरसको महामारीमा कोभिड–१९ बाट मृत्यु भएकाहरुलाई त्यहाँ पुरिन थालिएको छ। विगत १ सय ५० वर्षदेखि न्यूयोर्क सिटीले पहिचान नभएका शवहरु पुर्न सो क्षेत्र प्रयोग गर्दै आएको छ।

अहिले कोरोना भाइरसबाट मृत्यु भएकाहरुको सामूहिक चिहान बनाउन थालिएको सिटीका मेइर बिल डी ब्लासिओका प्रवक्ताले बताएका छन्। हार्ट आइल्याण्डमा अहिलेको कोरोना भाइरस महामारीका बेला मृत्यु भएका व्यक्ति पुरिएका छन्। यसरी त्यहाँ पुरिनेमा अति गरिब तथा आफन्तको पहिचान नभएकाहरु अधिक रहेको जनाइएको छ।

हार्ट आइल्याण्डमा सामान्य अवस्थामा हप्तामा २५ जना जतिको शव पुर्ने गरिएको थियो। अहिले भने दैनिक २५ भन्दा बढी शव त्यहाँ पुर्ने गरिएको छ। अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २० हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ। इपिसेन्टर न्यूयोर्क राज्यमा ज्यान गुमाउनेको संख्या ८ हजार ६ सयभन्दा बढी छ। न्यूयोर्क सिटीमा मात्रै ६ हजार ३ सय ६७ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस