लकडाउनपछि अस्पतालहरुमा बिरामीको उपचारमा हेलचेक्र्याँईबारे नेपाल मेडिकल काउन्सिलले थाल्यो छानबिन

विहीबार, २० चैत्र २०७६, १३ : ०६
लकडाउनपछि अस्पतालहरुमा बिरामीको उपचारमा हेलचेक्र्याँईबारे नेपाल मेडिकल काउन्सिलले थाल्यो छानबिन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लकडाउनपछि अस्पतालहरुमा बिरामीको उपचारमा हेलचेक्र्याँई गर्नेमाथि छानबिन थालेको जनाएको छ । 

काउन्सिलले बिहीबार एक अपिल जारी गर्दै लकडाउनका समयमा ज्वरो आएका बिरामीहरुको उपचारमा विभिन्न कठिनाइ आएको, चिकित्सकहरुले बिरामी नहेरेको र सोही कारण विरामीको मृत्यु समेत भएको तथा कोभिड १९ को आशंकाका भरमा अन्य विरामीको समेत न्युनतम उपचार नगरेर अन्यत्र पठाउने गरेको भन्ने समाचाहरु आएपछि काउन्सिलले छानविन थालेको जनाएको हो ।

काउन्सिलको अपिलमा मानव जातिलाई नै ग्रसित बनाएको कोभिड १९ को महामारीले नेपाललाई पनि प्रभावित पारेको भन्दै यसबाट हुने क्षतीलाई न्युनिकरण गर्न सम्बद्ध पक्ष लागिरहेको अवस्थामा यस्तो बहद लडाईमा स्वास्थ्कर्मीहरु, स्वास्थ्य संस्थाहरु र स्वास्थ्य मन्त्रालय मातहतका निकायहरुको निर्णायक भुमिका रहने उल्लेख छ ।

काउन्सिलले नेपालको पछिल्लो विकसित घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै चिकित्सकहरुलाई निर्दिेशिका अनुसारको सुरक्षकवचको प्रयोग गर्दै विरामीको उपचारमा सरिक हुन अपिल गरेको छ । 

अस्पतालहरुमा आकस्मिक उपचारमा ढिलाइ नगर्न तथा कोभिड १९ का लागि नतोकिएका अस्पतालहरुले कोभिड १९ बाहेक अन्य रोगीहरुको जरुरी सेवाहरु यथावत सञ्चालन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस