कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न  ‘चिनियाँ मोडल’ अपनाउने तयारी

पत्रपत्रिकाबाट

सोमबार, १० चैत्र २०७६, ०७ : ४७
कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न  ‘चिनियाँ मोडल’ अपनाउने तयारी

काठमाडौँ । सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न चिनियाँ मोडलको तयारी थालेको छ । संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिए । 

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा विश्वमा अहिले दुई मोडल अपनाइएका छन् । पहिलो चिनियाँ मोडल जुन ‘लकडाउन’ गर्ने विधि हो ।

वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो । दोस्रो मोडल लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने हो, जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफल रूपमा अपनाइरहेका छन् । कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस