फेरि घट्यो सुनको मूल्य

सफल खबर संवाददाता

विहीबार, ०६ चैत्र २०७६, १२ : २३
फेरि घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको छ ।

बुधबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा  कारोबार भएको छ ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ७१० रुपैया प्रतितोलामा कारोबार भएको चाँदी बिहीबार घटेर ६८० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस