मास्क कालोबजारी विरुद्ध प्रहरीको अपरेशनः आज मात्रै एक लाख ६८ हजार मास्क बरामद, सात पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०२ चैत्र २०७६, २१ : ४८
मास्क कालोबजारी विरुद्ध प्रहरीको अपरेशनः आज मात्रै एक लाख ६८ हजार मास्क बरामद, सात पक्राउ

काठमाडौँ । मुलुकमा कोरोना भाइरसको संक्रमणको त्रास फैलिरहेका बेला मास्कको कालोबजारी बढेपछि प्रहरीले अपरेशन नै चलाउनु परेको छ । शनिवार मात्रै प्रहरीले ७८ हजार मास्क बरामद गरेको थियो । आठ जना पक्राउ गरेको थियो । 

आजको अपरेशनमा काठमाडौँको कपनबाट १ लाख ६८ हजार मास्क बरामद गरी सात जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नावय उपरीक्षक होविन्द्र बोगटीले बताए  

आज अर्काे सप्लायसले समेत ठुलो परिमाणमा मास्क लुकाएको पत्तालागेको छ । प्रहरीले सात परेकाले उक्त सप्लायर्सलाई सिल गरेर राखेको छ। भोली कारवाही प्रक्रिया अघि बढ्ने उनले बताउ।  

पछिल्लो समयमा काठमाडौँमा मास्कमा कालोबजारी गर्ने गिरोहसक्रिय हुन थालेको छ  । उनीहरुले मास्क लुकाउने र चर्काे मूल्यमा बेच्ने गरेको खुसाला भएको छ । 

कालोबजारीको विशेष सूचना प्राप्त भएपछि केही दिनदेखि खोज अभियानमा लागेको थियो । उनीहरुले पाँच रुपैयाँ पर्ने मास्कलाई ३० देखि ४० रुपैयाँमा बेच्ने गरेको पाइएको छ।  

प्रहरीले खाद्यान्य औषधीजन्य लगायतका चिजवस्तुहरुको कृतिम अभाव सृजना गर्ने, भण्डार गरी लुकाउने र कालोबजारी गर्ने गरेको सूचना भए प्रहरी कार्यालयमा जानकारी गराउन  महानगरीय प्रहरी परिसर काठमाडौँले आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।  

शनिवार पक्राउ पर्नेमा काभ्रे घर भई स्वयम्भु बस्ने मिन्टु तामाङ्ग, ललितपुर सातदोवाटो बस्ने मानकाजी लामा, रामेछाप घर भई हाल नागार्जुन बस्ने अनिष कार्की, बाजुरा घर भई एकान्तकुना बस्ने  थुमराज उपाध्याय, कोटेश्वर बस्ने निर्प कार्की थिए ।

यस्तै नागार्जुन नगरपालिका वडा न. २ सानो भ¥याङ्ग बस्ने उज्वल अधिकारी, रामेछाप  घर भई हाल ललितपुर पाटन बस्ने बर्ष २४ को शिव खडका, काभ्रे घर भई स्वयम्भु बस्ने निशान  तामाङ्ग समेत पक्राउ परेको र उनीहरुलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस