कोरोना विरुद्ध लड्न ‘सार्क’ राष्ट्रबीच आज भिडियो कन्फ्रेस हुँदै

सफल खबर संवाददाता

आइतबार, ०२ चैत्र २०७६, ०७ : ५९
कोरोना विरुद्ध लड्न ‘सार्क’ राष्ट्रबीच आज भिडियो कन्फ्रेस हुँदै

काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रको भिडियो कन्फ्रेस  आज आइतबार हुने भएको छ ।

सार्क सचिवालयले दिएको जानकारी अनुसार सिंहदरबारमा आज साँझ सवा पाँच बजेपछि भिडियो सम्मेलनको आयोजना हुनेछ । जसमा सम्मेलनको प्रस्तावक राष्ट्र भारत र समर्थक राष्ट्र तथा सार्कको अध्यक्ष राष्ट्र नेपालले मुख्य भूमिका निर्वाह गर्दैछ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ओली समेत सहभागि हु्ँदैछन् । 

अन्य राष्ट्र प्रमुखमध्ये केहीले भिडियो सम्मेलनमा भाग लिने प्रष्ट जानकारी दिएको छ । तर केहीले भने आइतबार साँझसम्म जानकारी पठाउने जनाइएको छ । भिडियो सम्मेलनबाट कोरोना भाइरस विरुद्ध आगामी दिनमा चालिने कदमको तय गरिने सार्क सचिवालयले जनाएको छ । 

विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट अहिलेसम्म ५ हजार बढीको मृत्यु भइसकेको छ । भारतीय प्रधानमन्त्री मोदीले भनेका छन्, हाम्रा नागरिकलाई स्वस्थ्य राख्न हामी भिडियो कन्फ्रेसबाट छलफल गर्न सक्छौँ, यसका लागि सार्कले नेतृत्व गर्नुपर्छ, र संगैै साथ रहेर हामीले विश्वलाई उदारणीय बनेर देखाउन सकिन्छ ।