घट्न थाल्यो सुनको मूल्य

सफल खबर संवाददाता

विहीबार, २९ फागुन २०७६, १२ : ३६
घट्न थाल्यो सुनको मूल्य

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।

बुधबार तोलामा ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु ८०० घटेर तोलामा ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलामा ८१ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

चाँदी तोलामा रु २० रुपैयाँले घटेको छ । बुधबार तोलामा ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर ८६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस