घट्यो सुनको मूल्य

सफल खबर संवाददाता

बुधबार, २८ फागुन २०७६, ११ : ५५
घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 
महासंघका अनुसार मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु ४०० घटेर तोलामा ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । 

तेजावी सुन बुधबार तोलामा ८२ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदी ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।  बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस