सुनको मूल्य एक तोलाको असी हजार रुपैयाँभन्दा माथि

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०७६, १२ : १४
सुनको मूल्य एक तोलाको असी हजार रुपैयाँभन्दा माथि

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २२०० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन रु २२०० ले बढेर तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार सुन तोलामा ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजावी सुन तोलामा ८० हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ६० रुपैयाँ प्रतितोलाका दलले कारोबार भएको चाँदी बुधबार ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस