बढ्यो सुनको मूल्य, तोलाको कति ?

सफल खबर संवाददाता

बुधबार, ०७ फागुन २०७६, १८ : १९
बढ्यो सुनको मूल्य, तोलाको कति ?

फाईल फोटो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ७७ हजार १०० रुपैयाँ पुगेको छ ।  मंगलबार तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ७७ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी पनि बढेर तोलामा ९०५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस