प्रहरीको मोस्टवान्टेड सूचीमा रहेका अभय सिंह पक्राउ

बुधबार, ०७ फागुन २०७६, १२ : ३८
प्रहरीको मोस्टवान्टेड सूचीमा रहेका अभय सिंह पक्राउ

रौतहट । वर्षौँदेखि प्रहरीको मोस्टवान्टेड सूचीमा रहेका तराई जन्तान्त्रिक मुक्ति मोर्चाका नारायणी अञ्चल ईन्चार्ज अभय सिंह पक्राउ परेका छन् ।

पटेललाई मङ्गलवार राति ९ बजे प्रहरी टोलीले गोली प्रहार गरी चन्द्रपुर–४ बाट पक्राउ गरेको हो ।

अभय सिंह भन्ने कामेश्वर पटेलमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अपहरण तथा शरीर बन्धक, अपराध महाशाखा काठमाडौँमा अपहरण तथा शरीर बन्धक र जिल्ला प्रहरी कार्यालय रौतहटमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगका साथै दर्जन बढी अपराधको मुद्दा दर्ता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।