विप्लव समूहका नेता गोपाल पाण्डे नेकपा प्रवेश

विहीबार, ०१ फागुन २०७६, १६ : ०१
विप्लव समूहका नेता गोपाल पाण्डे नेकपा प्रवेश

काठमाडौँ । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गोपाल पाण्डे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । 

बिहीबार तत्कालीन नेकपाले सञ्चालन गरेको जनयुद्ध दिवसको अवसरमा नेकपा गोरखाले आयोजना गरेको कार्यक्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले उनलाई पार्टी प्रवेश गराएका हुन् । 

गोरखाका पाण्डे विप्लव नेतृत्वको नेकपाका स्वाङ्जा जिल्ला इन्चार्जको हैसियतमा रहेका थिए । पार्टी प्रवेश कार्यक्रममा मन्तव्य राख्दै पाण्डेले विप्लव नेतृत्वको पाटीले क्रान्तिको बाँकी काम पूरा गर्न नसक्ने देखेकाले आफू नेकपामा प्रवेश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस