विप्लवका ज्वाइँ चिरञ्जीवी ढकाल पक्राउ

विहीबार, ०१ फागुन २०७६, १४ : ३८
विप्लवका ज्वाइँ चिरञ्जीवी ढकाल पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूह सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् । उनीसँगै ५ कार्यकर्ता पक्राउ परेका छन् । ढकाल विप्लवका ज्वाइँ समेत हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको सुन्धरा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस