काठमाडौं । आज सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । मन्त्रिपरिषदले ले नेपाल प्रहरीको महानिरीक्षक आईजीपीको टुङ्गो लगाउन सकेन ।
आईजीपीमा कसलाई नियुक्त गर्ने टुंगो लाग्न नसकेपछि सोही मन्त्रिपरिषदको बैठकले अर्को बैठकमा टुंगो लगाउने निर्णय गरेको छ ।
हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाट अवकाश पाउँदैछन् ।
खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक डीआईजी ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय प्रहरीको नेतृत्व गर्ने दौडमा छन् ।
यो टोलीले जम्मा पाँच महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ माघ २०७६, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्तिको तयारी
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद बैठक बस्दै